दफा ४१
दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध
(१) सञ्चार प्रतिष्ठान
वा पत्रिकामा कुनै पनि प्रकारले असर पर्न सक्ने गरी कुनै पनि श्रमजीवी पत्रकारले सञ्चार
प्रतिष्ठानको पूर्व स्वीकृति बिना आफूले वा आफ्नो परिवारको कुनै सदस्यद्वारा कसैबाट कुनै
प्रकारको दान, दातव्य, कोशेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा समाचार
संकलनको कार्यसँग सम्बन्धित व्यक्तिसँग सापटी लिन हुँदैन ।
(२) श्रमजीवी पत्रकारले कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट
कुनै उपहार प्राप्त हुन आएमा निजले पत्रिका व्यवस्थापकलाई खबर दिई निकासा भए
बमोजिम गर्नुपर्छ ।